यातायात व्यवसायीकाे चेतावनी - सडकमै गाडी छाेडेर हिँड्नुपर्ने दिन नआओस्

काठमाण्डाै – सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सरकारलाई सात बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाण्डाैमा बिहीवार सार्वजनिक गाडी र ट्याक्सी सडकमा तेर्स्याएर महासङ्घ सात बुँदे मागकाे ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको हो ।महासङ्घले कोभिड खोप उपलब्ध गराउन, गाडीकाे भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका गाडीकाे अवधि थप गर्न, गाडीकाे बीमा छुट गर्न र सडक कानुन लागू गर्ने लगायतका माग गर्दै साङ्केतिक प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा सा...