काठमाडौं- बागमती प्रदेश सरकारले ट्याक्सी खरिदमा एकाधिकार लगाउँदा आफूहरू मारमा परेको भन्दै ट्याक्सी व्यावसायीहरू आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले २००३/२००४ मोडलको ट्याक्सी सट्टाभर्नामा एकल कम्पनीलाई पक्षपोषण हुनेगरी मापदण्ड बनाई बिना प्रतिस्पर्धा सबै किसिमको गाडी खरिद गर्न पाउने अधिकारबाट बञ्चित गरेको भन्दै उनीहरूले बुधबार तिनकुनेमा प्रदर्शन गरेका हुन् । ‘सियो पनि नबन्ने देशमा फलामको आयु […]