प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री राउतले अख्तियार आयोगको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरीका आधारमा काठमाडौँ र बर्दिबासबाट खटिएको अख्तियारको संयुक्त टोलीले आज मुख्यमन्त्री कार्यालयम...