प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो। महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो […]