उपनिर्वाचन : रास्वपाले चितवन, तनहुँ र बारामा टुंग्यायाे उम्मेदवार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्नेछन् ।

सम्बन्धित सामग्री

उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौंः वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ। बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा आइतबार सार्वजनिक बिदाको निर्णय सरकारले गरेको हो।  मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख गतेदेखि १० गतेसम्म नै सार्वजनिक बिदा दिइएको छ।

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी […]

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

उपनिर्वाचन महासंग्राम : ‘हरुवा’ लाई नै सत्ताको भोक !

काठमाडौं : वैशाख १० गते तीन जिल्लाका तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन गर्न लागेको हो।यसपटकको उपनिर्वाचनमा मंसिर ४ गतेको निर्वाचनमा पराजित उम्मेदवारहरू नै मैदानमा उत्रिने तरखरमा छन्। जनताले पाँच वर्षका लागि संसद बाहिर रहने म्याण्डेट दिएर हराएकाहरू फेरि निर्वाचन क्षेत्र परिवर्तन गरेर संसद छिर्ने दाउमा छन्। केही नेता उपनिर्वाचनका लागि टिकट हात पार्न दल नै परिवर्तन गरिरहेका छन् भने कोही निर्वाचन क्षेत्र

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन्।चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने न

राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपाकाे केन्द्रीय पदाधिकारीकाे बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएकाे हाे । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर […]

बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।  यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सर्वाेच्च अदालतले  चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो ।  आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।

तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल […]

उपनिर्वाचन : चितवन २, तनहुँ १ र बारा २ मा को–को छन् प्रमुख दलका आकांक्षी ?

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन...