बारा-२ मा रमेश खरेललाई जमानत जोगाउनै मुस्किल

काठमाडौं,१२ वैशाख । गत आइतवार उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये तनहुँ-१ र चितवन-२ मा भारी मतसहित निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारहरु जितको उत्सव मनाइरहँदा बारा-२ मा भने पार्टीका उम्मेद्वार रमेश खरेललाई आफ्नो जमानत जोगाउनै मुस्किल परेको छ । बारा-२ मा कुल ६८ हजार ८ सय ८७ मत खसेकोमा झण्डै ३२ हजार […]

सम्बन्धित सामग्री

रमेश खरेल रास्वपामा निष्क्रिय, टेलिभिजनमा कार्यक्रम चलाउँदै

नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल गत उपनिर्वाचनमा बारा–२ मा पराजित भएसँगै राजनीतिमा निष्क्रिय बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका उनी अहिले सो पार्टीको कुनै पनि भूमिकामा छैनन् ।

बारा–२ मा उपेन्द्र यादव २८ सय मतले अघि

वीरगञ्ज – बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्। उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ। यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २६ सय मतसहित चौथो स्थानमा […]

तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

बारा ।  तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार […]

बारा २ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता, रमेश खरेल चौंथो

बारा । बारा २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ। ६७० मत गणना हुँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत ल्याएर अग्रता लिएका छन्। उनलाई जनमतका शिवचन्द्र कुसवाहले १७० मत ल्याएर पछ्याइरहेका छन्। १६६ मत ल्याएर एमालेका पुरूषोतम पौडेल तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएर चौथो स्थानमा छन्।

बारा २ मा शिवचन्द्र अघि बढे, रमेश खरेल चौथो स्थानमै

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणना चलिरहेको छ। दुई हजार ७४ मतगणना हुँदा जनमत पार्टीका

मतदातासँग परिचय गर्दै खरेल, संघर्ष गर्दै ज्ञवाली

७ वैशाख, बारा । ‘नमस्कार, म एसपी रमेश खरेल’, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले बारा–२ का मतदातामाझ आफ्नो परिचय यसरी दिन्छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश पाएपनि बारा–२ का गाउँमा भने उनी आफूलाई एसपी खरेलकै रुपमा चिनाइरहेका छन् । कारण हो उनी एसपी हुँदा बाराको छिमेकी जिल्ला पर्सामा प्रहरी प्रमुखको रुपमा बसेका थिए चर्चा […]

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।

उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ । रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर्सि २० […]

उपनिर्वाचन : रास्वपाले चितवन, तनहुँ र बारामा टुंग्यायाे उम्मेदवार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्नेछन् ।

काठमाडौं १ मा हारेका रमेश खरेल रास्वपाबाट बारा २ मा उपचुनाव लड्ने

१७ चैत, काठमाडौं । गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित रमेश खरेल बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार हुने भएका छन् । रास्वपाको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले रमेश …