उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौंः वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ। बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा आइतबार सार्वजनिक बिदाको निर्णय सरकारले गरेको हो।  मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख गतेदेखि १० गतेसम्म नै सार्वजनिक बिदा दिइएको छ।   

सम्बन्धित सामग्री

उपनिर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका विद्यालयमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन हुने दुई जिल्लाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलवार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई ६ बुँदे निर्देशन दिने क्रममा यस्तो निर्देशन पनि दिएको हो । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र […]

उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी […]

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा – देशसञ्चार

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक

तीन दिन सार्वजनिक बिदा, मदिरा विक्री तथा सेवन नियन्त्रण गर्न आग्रह

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन Election Commission Nepal मा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन हुने तनहुँ, चितवन र बाराका सम्बन्धित क्षेत्रमा मतदानका दिन सार्वजनिक बिदा दिन तथा मतदानस्थल र केन्द्र रहेका सामुदायिक विद्यालयमा यही वैशाख ८ गतेदेखि तीन दिन सार्वजनिक बिदाको व्यवस्था मिलाउन नेपाल सरकारको मुख्यसचिव मार्फत आग्रह गर्ने  निर्णय भएको हो । समितिले सम्बन्धित निर्वाचन क्षेत्रका वडा कार्यालय, स्वास्थ्य चौकी एवं भौतिक संरचना र परिसर प्रयोग गर्ने सम्बन्धमा नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत र निर्वाचनका लागि उपयुक्त सुरक्षा व्यवस्था गरी यातायात सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार, गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । बैठकले आचारसंहिता प्रतिकूलका कार्य हुन नदिन सूक्ष्म निगरानी तथा अनुगमन गर्न र निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । रासस

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

विद्यालयमा तीन दिन बिदा गर्न आग्रह

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन क्षेत्रमा रहेका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।