बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

सम्बन्धित सामग्री

बारा-२ मा रमेश खरेललाई जमानत जोगाउनै मुस्किल

काठमाडौं,१२ वैशाख । गत आइतवार उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये तनहुँ-१ र चितवन-२ मा भारी मतसहित निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारहरु जितको उत्सव मनाइरहँदा बारा-२ मा भने पार्टीका उम्मेद्वार रमेश खरेललाई आफ्नो जमानत जोगाउनै मुस्किल परेको छ । बारा-२ मा कुल ६८ हजार ८ सय ८७ मत खसेकोमा झण्डै ३२ हजार […]

उपनिर्वाचनमा रविको गर्जन, उत्साहित एमाले र गठबन्धन

काठमाडौं। चितवन–२, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुँदैछ। अहिले पुरै देशको ध्यान उपनिर्वाचनमा केन्द्रित देखिन्छ। उपनिर्वाचन जित्न दलहरुले सबै शक्ति ती क्षेत्रहरुमा केन्द्रित गरेका छन्। चितवन र तनहुँमा त्रिपक्षीय र बारामा चार दल बीच कडा टक्कर हुने देखिन्छ।

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी […]

उपनिर्वाचन जिताउन एमालेले तोक्यो तीन कमाण्डर, ओली पनि जाने

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा अर्का उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकिएका हुन् ।

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

चितवन-२ र बारा-२ मा मतदाता बढे, तनहुँ १ मा घटे

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको छ। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ। आयोगले उपनिर्वाचन हुने क्षेत्रबाट अन्यत्रको मतदाता नामावली संकलन जारी नै रहने जनाएक

राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपाकाे केन्द्रीय पदाधिकारीकाे बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएकाे हाे । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर […]

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।  यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सर्वाेच्च अदालतले  चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो ।  आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।

उपनिर्वाचन : चितवन २, तनहुँ १ र बारा २ मा को–को छन् प्रमुख दलका आकांक्षी ?

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन...