तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।  यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सर्वाेच्च अदालतले  चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो ।  आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ । 

सम्बन्धित सामग्री

उपनिर्वाचन : उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा […]

तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल […]

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ । आजको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने निर्णय गरेकाे हाे । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौँ – राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ महिनाकाे २५ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन गर्नका लागि उक्त मिति ताेकेकाे हाे। लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि राजीनामा दिएका थिए। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेको उक्त सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियाे। सोमबार प्रधानमन्त्री तथा […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो । The post राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

२२ पुस, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

सरकारले चाहेन उपनिर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । सरकारले छोटो समय मात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न ...

स्थानीय तहको रिक्त पदमा अब उपनिर्वाचन गर्न नपर्ने

स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ । निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा स्थानीय तहको कार्यकाल सकिन धेरै समय बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने बताएको हो । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् । यस्तै आयोगले राष्ट्रियसभाको

जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव

निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा पनि उपनिर्वाचन कहिले हुने टुंगो छैन ।आयोगले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर उपनिर्वाचनका लागि तयार रहेको सन्देश