काठमाडौं : वैशाख १० गते तीन जिल्लाका तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन गर्न लागेको हो।यसपटकको उपनिर्वाचनमा मंसिर ४ गतेको निर्वाचनमा पराजित उम्मेदवारहरू नै मैदानमा उत्रिने तरखरमा छन्। जनताले पाँच वर्षका लागि संसद बाहिर रहने म्याण्डेट दिएर हराएकाहरू फेरि निर्वाचन क्षेत्र परिवर्तन गरेर संसद छिर्ने दाउमा छन्। केही नेता उपनिर्वाचनका लागि टिकट हात पार्न दल नै परिवर्तन गरिरहेका छन् भने कोही निर्वाचन क्षेत्र