बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने एक सातामै १० अर्ब

वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ । जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ । निक

सम्बन्धित सामग्री

कसरी ६ दिनमा नै बैङ्कबाट बाहिरियो ६३ अर्ब रुपैयाँ ?

नेपाल बैंकर्स संघले सोमबार अपत्यारिलो रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८/७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ । जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको देखाइएको छ । तर, ६ दिनमा ६३ अर्ब रुपैयाँ कसरी बाहिरियो ? बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधि

४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गर्दै वाणिज्य बैङ्कहरूको आर्थिक वर्ष ‘क्लोज’

वाणिज्य बैङ्कहरूले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै आर्थिक वर्ष २०७८÷७९ ‘क्लोज’ गरेका छन् । असार मसान्तसम्म २६ वटा वाणिज्य बैङ्कहरूले यस्तो निक्षेप सङ्कलन गरेको वाणिज्य बैङ्कहरूको छाता संगठन बैंकर्स संघले जनाएको हो । समीक्षा अवधिमा बैङ्कहरूले पौने ४२ खर्ब अर्थात् ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको समेत संघले जानकारी दिएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा ४१ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गर्दै ३७ खर्ब ६४ अर्ब लगानी गरेका बैङ

बैंकहरूको कर्जा लगानी ११ अर्बले बढ्दा निक्षेप ७ अर्बले मात्रै वृद्धि

पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यस साता अर्थात् मङ्सिर १० गतेदेखि १७ गतेसम्म कुल २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि गर्दै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ सङ्कलन गर्न सफल भएका हुन् ।अघिल्लो साता, मङ्सिर ३ गतेदेखि १० गतेसम्म यस्तो निक्षेप बैङ्कहरूले ७ अर्बले नै गुमाउँदै ४२ खर्ब १९ अर्ब सङ्कलन गरेका थिए । तर, यता कर्जा मागमा भने अघिल्लो साता र यस सातामा कुनै कमी नआएको नेपाल बैंकर्स संघले जनाएको छ । अघिल्ल

सातामै १५ अर्बले घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन थप खस्किएको छ । अघिल्लो साता अर्थात् गत कार्त्तिक १२ गतेदेखि १७ गतेसम्म कुल ४२ खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेका बैङ्कहरूले चौथो हप्ता अर्थात् कार्त्तिक २६ गते १५ अर्बले निक्षेप गुमाउँदै ४२ खर्ब २३ अर्ब मात्र सङ्कलन गर्न सकेका हुन् । समीक्षा अवधिमा १५ अर्बले नै निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । तर, यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा तीन अर्ब रुपैयाँले वृद्धि भएको संघले जनाएको छ । अघिल्लो हप्ता कुल ४० खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्

निक्षेपभन्दा चार गुणा बढी कर्जा लगानी

चालू आर्थिक वर्ष २०७८/७९ को असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलनभन्दा कर्जा लगानी झन्डै चार गुणाले बढेको छ। पछिल्लो समय निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढाइरहेका वाणिज्य बैङ्कहरूले असोजको पहिलो साता पनि त्यस्तै दोहोरिएको छ। असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको छ।नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार भदौ ३१ गतेदेखि असोज ८ गतेसम्म निक्षेप सङ्कलन आठ अर्ब रुपियाँ र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको हो। सोही अवधिमा बैङ्कहरूले ३९ खर्ब ती...

वाणिज्य बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुग्यो, कर्जा लगानीमा पनि वृद्धि

अघिल्लो साताको तुलनामा यस साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन ह्वातै बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत भदौ ३१ गतेसम्म बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो । समीक्षा अवधिमा (भदौ २५ देखि ३१ गतेसम्म) बैङ्कहरूको निक्षेप २६ अर्ब बढेको छ । जबकि अघिल्लो साता भदौ २५ गतेसम्म बैङ्कहरूको यस्तो निक्षेप सङ्कलन ४१ खर्ब ४५ अर्ब रहेको थियो । यस्तै, यता कर्जा लगानी तर्फ समेत समीक्षा अवधिमा २८ अर्बले वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत भदौ २

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९

निषेधाज्ञाकै एक महिनामा कुन बैङ्कले कति बिजनेस गरे ?

निषेधाज्ञामै बैङ्कहरुले राम्रै व्यवसाय गरिरहेको देखिन्छ । निषेधाज्ञाकै बीचमा नेपाल बैङ्कर्स संघको प्रतिवेदन अनुसार ३५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । संघको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैङ्कहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । सो अवधिमा ६ वटा बैङ्कको निक्षेप र ४ वटा बैङ्कको कर्जा प्रवाह घटेको छ । एक महिनाको अवधिमा प्रभु र एनआईसी एशिया

निषेधाज्ञाबीच निक्षेप सङ्कलन र कर्जा लगानी राम्रो

कोरोना भाइरसको सङ्क्रमण उच्च गतिमा फैलिएपछि सरकारले गरेको निषेधाज्ञाकै एक साताको समयमा वाणिज्य बैङ्कहरूले १० अर्ब रुपियाँ निक्षेप सङ्कलन र १५ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार बैङ्कहरूले वैशाख १७ देखि २४ गतेसम्ममा १० अर्ब निक्षेप र १५ अर्ब कर्जा लगानी गरेका हुन् । यसरी हेर्दा समग्र वैशाख महिनामा भने बैङ्कहरूको ११ अर्ब निक्षेप घटेको छ भने ३६ अर्ब रुपियाँ कर्जा बढेको छ । वैशाख लागेदेखि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै सुस्ताएको थियो । वैशाख पहिलो र दोस्रो साता घटेको निक्षेप सङ्कलन त्यसयता भने सामान्य रूपले बढ्न थालेको थियो । बैङ्कहरूको कर्जा लगानी पनि चैतको तुलनामा निकै कमी आएको थियो ।

कर्जा बढ्दै, निक्षेप सङ्कलन सुस्ताउँदै

पछिल्लो समय वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह निक्षेप सङ्कलनभन्दा बढी हुन थालेको छ। वाणिज्य बैङ्कहरूले निक्षेप सङ्कलनभन्दा दोब्बर कर्जा लगानी गरेका हुन्।नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक सातामा बैङ्कहरूले १२ अर्ब निक्षेप सङ्कलन गर्दा २६ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन्। फागुन लागेयता नै वाणिज्य बैङ्कहरूले ७० अर्ब बढी कर्जा ल...