कोरोना भाइरसको सङ्क्रमण उच्च गतिमा फैलिएपछि सरकारले गरेको निषेधाज्ञाकै एक साताको समयमा वाणिज्य बैङ्कहरूले १० अर्ब रुपियाँ निक्षेप सङ्कलन र १५ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।
नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार बैङ्कहरूले वैशाख १७ देखि २४ गतेसम्ममा १० अर्ब निक्षेप र १५ अर्ब कर्जा लगानी गरेका हुन् । यसरी हेर्दा समग्र वैशाख महिनामा भने बैङ्कहरूको ११ अर्ब निक्षेप घटेको छ भने ३६ अर्ब रुपियाँ कर्जा बढेको छ ।
वैशाख लागेदेखि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै सुस्ताएको थियो । वैशाख पहिलो र दोस्रो साता घटेको निक्षेप सङ्कलन त्यसयता भने सामान्य रूपले बढ्न थालेको थियो ।
बैङ्कहरूको कर्जा लगानी पनि चैतको तुलनामा निकै कमी आएको थियो ।