सातामै १५ अर्बले घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन थप खस्किएको छ । अघिल्लो साता अर्थात् गत कार्त्तिक १२ गतेदेखि १७ गतेसम्म कुल ४२ खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेका बैङ्कहरूले चौथो हप्ता अर्थात् कार्त्तिक २६ गते १५ अर्बले निक्षेप गुमाउँदै ४२ खर्ब २३ अर्ब मात्र सङ्कलन गर्न सकेका हुन् । समीक्षा अवधिमा १५ अर्बले नै निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । तर, यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा तीन अर्ब रुपैयाँले वृद्धि भएको संघले जनाएको छ । अघिल्लो हप्ता कुल ४० खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्

सम्बन्धित सामग्री

स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले स्टार्टअप कर्जा दिने भएको छ ।

मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।

'सबैभन्दा ठूलो वाणिज्य बैङ्क बन्यो ग्लोबल आईएमई'

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो ।

वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि

निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् । कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । माघ र फागुन दुई महिनाको तथ्याङ्कमा समग्र वाणिज्य बैङ्कले कर्जा प्रवाहमा सङ्कुचन ल्याउँदा २१ अर्ब रुपियाँभन्दा बढीले निक्षेप बढेको देखिएको छ । कर्जाको वृद्धि साढे १७ अर्ब रुपियाँको हाराहारीमा रहेको छ ।

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो । कुुल रकममध्ये वाणिज्य बैङ्कमा ८८ करोड ६१ लाख, राष्ट्रियस्तरका विकास बैङ्कमा १६ करोड ६१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ५३ लाख रुपियाँ राष्ट्र बैङ्कले छुट्याएको छ । राष्ट्र बैङ्कले २०७८ मङ्सिर २९ देखि २०७९ मङ्सिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरसहि

ब्याजदर अधिकतम बिन्दु १०.०५ प्रतिशत

सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कको ब्याजदर अधिकतम बिन्दु १०.०५ प्रतिशतमा पुगेको छ । मङ्सिरका लागि ब्याजदर प्रकाशित गरेका वाणिज्य बैङ्कको नयाँ ब्याजदर मिल्दोजुल्दो देखिएको छ । ब्याजदर निर्धारण गर्नुअगावै राष्ट्र बैङ्कले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै बैङ्कको निक्षेप ब्याजदर १०.०५ प्रतिशतमा अडिएको हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र मेगा बैङ्कको भने मुद्दती निक्षेपको ब्याजदर एकल अङ्कमा रहेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम ९.११ प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत र मेगा बैङ्कको ९.९६ प्रतिशत रहेको छ ।

बैङ्कमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ

बैङ्कहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैङ्किङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम (तरलता) अभाव हुने सङ्केत देखिएको भन्दै बैङ्कहरूले ब्याजदर बढाउने सङ्केत गरेका हुन् ।बैङ्क तथा वित्तीय संस्थाहरूले पछिल्लो समय जारी गरेका बैङ्किङ कारोबारको मासिक तथा साप्ताहिक प्रतिवेदनहरूमा समेत तरलता अभाव देखाएका छन् । गत सोमबारमात्र वाणिज्य बैङ्क (मुलुकभर पूर्ण बैङ्किङ कारोबार गर्ने

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।

https://www.onlinekhabar.com/2020/06/871297

२६ जेठ, काठमाडौं । लकडाउनयता बैङ्क तथा वित्तीय संस्थाहरूमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 'क' वर्गका वाणिज्य बैङ्क, 'ख' वर्गका विकास बैङ्क र 'ग' वर्गका फाइनान्स कम्पनीले लकडाउन सुरु भएदेखि २४ …