वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.६० प्रतिशतमा झारेको छ । बैंकले अब मुद्दती निक्षेपमा […]

सबैभन्दा धेरै निक्षेप भित्र्याउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि

राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा फड्को मारेको छ । राष्ट्रिय वाणिज्य बैंकको माघसम्म ३६ अर्ब रुपैयाँ बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडाैँ- वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन्। बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ। हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दति खातामा […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको

सुरक्षण कोषको रकम लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको अवकाश कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ बैंकमा लगानी गरिँदै

नेपाल राष्ट्र बैंकले अवकाश कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र लघुवित्त संस्थामा मुद्दती निक्षेपमा जम्मा गर्ने भएको छ ।

निक्षेपमा २ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । कर्मचारी सुरक्षण कोष÷पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपको रूपमा लगानी गर्न लागिएको राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागद्वारा बुधवार जारी सूचनामा उल्लेख छ । निक्षेपका रूपमा लगानी गर्न लागिएको कुल रकममध्ये वाणिज्य बैंकका लागि २ अर्ब १२ करोड, विकास बैंकका लागि ३९ करोड ७५ लाख र वित्त कम्पनीका लागि १३ करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ । केन्द्रीय बैंकले आगामी असोज १ गतेदेखि लागू हुनेगरी १ वर्ष (३६५ दिन) अवधिका लागि सो रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपको रूपमा स्वीकार्न चाहेको रकम उल्लेख गरी शुक्रवार (भदौ २५) सम्म अनलाइमार्फत आवेदन दिन सक्ने बैंकले बताएको छ ।