वाणिज्य बैङ्कहरूले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै आर्थिक वर्ष २०७८÷७९ ‘क्लोज’ गरेका छन् । असार मसान्तसम्म २६ वटा वाणिज्य बैङ्कहरूले यस्तो निक्षेप सङ्कलन गरेको वाणिज्य बैङ्कहरूको छाता संगठन बैंकर्स संघले जनाएको हो । समीक्षा अवधिमा बैङ्कहरूले पौने ४२ खर्ब अर्थात् ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको समेत संघले जानकारी दिएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा ४१ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गर्दै ३७ खर्ब ६४ अर्ब लगानी गरेका बैङ