निक्षेपभन्दा चार गुणा बढी कर्जा लगानी

चालू आर्थिक वर्ष २०७८/७९ को असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलनभन्दा कर्जा लगानी झन्डै चार गुणाले बढेको छ। पछिल्लो समय निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढाइरहेका वाणिज्य बैङ्कहरूले असोजको पहिलो साता पनि त्यस्तै दोहोरिएको छ। असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको छ।नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार भदौ ३१ गतेदेखि असोज ८ गतेसम्म निक्षेप सङ्कलन आठ अर्ब रुपियाँ र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको हो। सोही अवधिमा बैङ्कहरूले ३९ खर्ब ती...

सम्बन्धित सामग्री

बैंकको कर्जा उपभोगमा खर्च गर्ने प्रवृत्ति चार गुणा वृद्धि

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उपभोगमा गर्ने प्रवृत्ति अत्यधिक बढेको छ । गत आर्थिक वर्षमा ०७/७९ मा उपभोग क्षेत्रमा आठ खर्ब ६७ अर्ब ४८ करोड कर्जा लगानी भएको राष्ट्र बैंकको...

एनएमबि बैंक लिमिटेड र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउने जनाइएको छ  ।हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।उत्पादन चक्र छिटो छ र उत्पादित वस्त

सञ्चालन नाफामा वृद्धि हुँदा मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ३.९ गुणा वृद्धि

कात्तिक २३, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ३ करोड २३ लाख १५ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १२ करोड ८५ लाख ४१ हजार नाफा कमाएको छ ।  चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड १९ लाख ५६ हजार खराब कर्जा उठाएको तथा ,खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएकाले कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडामा रू. ९५ करोड ५८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १० अर्ब ८३ करोड १६ लाख सापटि लिएर,रू.२ अर्ब ६७ करोड ५४ लाख निक्षेप संकलन गरेर रू.१५ अर्ब २७ करोड ११ लाख कर्जा लगानी गरेको छ ।  सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ४२, मूल्य आम्दानी अनुपात रू.२७ दशमलव शून्य ३,तरलता अनुपात २ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५८ रहेको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो

साउन २२, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुनलामा गत आवको सोही अवधिमा ३ दशमलव ३४ गुणा अर्थात् २३४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९९ लाख ११ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू ३ करोड ३१ लाख ९८ हजार पुगेको हो ।   गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीले सम्भावित जोखिम  बापतको ब्यवस्थामा कम रकम छुट्याउदा सञ्चालन नाफामा वृद्धि हुन गई नाफा बढ्न टेवा पुगेको देखिन्छ ।  कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९७ लाख ८५ हजार छुट्याएकोमा गत आवमा रू. १७ लाख ४६ हजार छट्याएको हो । चुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको कम्पनीले जगेडामा रू. ५ करोड २० लाख ९४ हजार सञ्चित गरेको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ७६ करोड १५ लाख ५३ हजार सापटि लिएर,रू. १९ करोड ९९ लाख ९३ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब २६ लाख १६ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ३०,मूल्य आम्दानी अनुपात ४८ दशमलव ९१ गुणा,तरलता अनुपात ९ दशमलव २७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ९३ रहेको छ ।

चौथो त्रैमासमा धौलागिरी लघुवित्तको खुद नाफा ३.९ गुणा वृद्धि

साउन १०, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत अवाको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा रू. ८८ लाख १९ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ३ करोड ४० लाख ८६ हजार नाफा गरेको छ ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत,सञ्चालन नाफा १३३ प्रतिशत र रू. २ करोड ३० लाख ८५ हजार खराब कर्जा उठाएको छ । कम्पनीले खराज कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । कम्पनीले जगेडा कोषमा रू. ८ करोड ६० लाख सञ्चित गरेको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा गत आवमा भने घटेको छ । अघिल्लो आवमा निष्क्रय कर्जा २ दशमलव २२ प्रतिशत रहेकोमा गत आवमा १ दशमलव २७ प्रतिशतमा झरेको हो ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ३५ करोड ३ लाख ८९ हजार सापटि लिएर,रू. ५१ करोड ४५ लाख ४४ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ७ करोड ७४ लाख कर्जा लगानी गरेको छ ।

४ करोड ४४ लाख खराब कर्जा उठाएको सबैको लघुवित्तको खुद नाफा ३.२२ गुणा वृद्धि

वैशाख १९, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव २२ गुणा अर्थात् २२२ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू. २ करोड ४६ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ९२ लाख ७० हजार पुर्‍याएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९२ हजार खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफमा वृद्धि गरेकाले नाफा बढेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा १०८ प्रतिशतले वृद्धि भएको छ ।   कम्पनीको चुक्तापूँजी रू.२० करोड ६० लाख रहेको छ । जगेडा कोष गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७७ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ३६ लाख सञ्चित गरेकोमा चालू आवमा रू. ९ करोड ३१ लाख पु¥याएको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब १७ करोड १७ करोड २२ लाख सापटि लिएर, रू. ८१ करोड ८९ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब १० करोड १० लाख कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ३०, मूल्य आम्दानी अनुपात ३० दशमलव ९९ गुणा,तरलता अनुपात २७ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव २३ रहेको छ । हालसम्ममा कम्पनीले ३७ ओटा जिल्लाहरुमा ६९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत साता सम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको सं

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत सातासम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि ब