जाजरकोट : डोल्पो बुद्ध गाउँपालिका डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी रोकिएको छ। मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी नभएको हो।सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पो बुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिए। उपल्लो डोल्पाको धो मा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन जाँदा स्थानीयवासीहरू जंगलको जडीबुटी संकलनका लागि गएका कारण आउन ढिला भएको उनको भनाइ छ।श