काठमाडौं । सानिमा बैंकले ‘सानिमा दीर्घायु तलब बचत खाता’अन्तर्गत रू. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भुमिका आलेको दुर्घटनामा मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रू. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । बैंकको कुमारीपाटी शाखाका प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेको बताइएको छ ।
बैंकले दीर्घायु बचत तलब खाताअन्तर्गत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रू. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रू. ५० हजारसम्मको औषधि उपचार बीमा, रू. ५० हजारको आवधिक जीवन बीमा र रू. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ ।
काठमाडौँ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक रु १ करोड रकम भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो। साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात् सो दाबी […]
काठमाडौं । सानिमा बैंकले घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले ‘सानिमा दीर्घायु बचत योजना’अन्तर्गत रू. ३ लाख रुपैयाँ बैंकका खातावाला राममाया अधिकारीलाई घातक रोग बीमा रकम भुक्तानी गरेको हो ।
बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रू. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रू. ५० हजारसम्मको औषधि उपचार बीमा, रू. ५० हजारको आवधिक जीवन बीमा र रू. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ ।
मङ्गलबारे । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधवार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईँको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख केदार थापाले संयुक्त रूपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईँलाई हस्तान्तरण गरेकी […]
रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईंको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गरेका हुन् । गत ७८ साल चैत महिनामा बीमा गरेका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको
काठमाडौँ – सोलखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिसफुल लजमा ०७८/०६/०२ गते आगलागीबाट भएको क्षतिबापतको बिमा रकम २ करोड ६० लाखको चेक सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका छन्। ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सल्लेरी र नाम्चे क्षेत्रका बिमितलाई उल्लेख्य रकम दाबीबापत भुक्तानी भएको थियो। ०७८/७९को […]
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय व