३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरे (टोपी र कालोपट्टी लगाएका)। तस्बिर : नारायण महर्जन/सेतोपाटी

३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरे (टोपी र कालोपट्टी लगाएका)। तस्बिर : नारायण महर्जन/सेतोपाटी

सम्बन्धित सामग्री

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती रिहा

मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीको सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती छुटेका छन्। बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। उप्रेती मंगलबार युएईबाट नेपाल आउने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे

विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]

सनम शाक्य हत्या प्रकरण : गोरेका भाइ रमेशलाई लगियो अदालत

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन

३३ किलो सुन प्रकरणः ३ लाख धरौटी बुझाएर रिहा भए अग्रवाल

मोरङ – ३३ किलो सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त मोहनकुमार अग्रवाल धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न सोमबार आदेश दिएको हो। अदालतका स्रेस्तेदार दीकेन्द्रवीर जंग राणाका अनुसार धरान घर भएका एमके मामा भनिएका ५७ वर्षीय अग्रवाल कानुन व्यवसायीमार्फत अदालतमा उपस्थित भएकै […]

३३ किलो सुन प्रकरणः अग्रवाल धरौटीमा रिहा

मोरङ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका कृष्ण गोपाल अग्रवाल धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने अग्रवाललाई मंगलबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो। धरौटी रकम बुझाएर अग्रवाल मंगलबार नै छुटेको राणाले बताए। अदालतका न्यायाधीश भरत लम्सालको […]

३३ किलो सुन प्रकरणः फरार प्रतिवादी अग्रवाल पक्राउ

काठमाडौँ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका कृष्ण गोपाल अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवाल दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल प्रहरीले […]

३३ किलो सुन प्रकरणः गोरेलाई थपियो १० वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके मानिएका चूडामणि उप्रेती गोरेलाई थप १० वर्ष कैद सजाय तोकिएको छ ।

३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेलाई जन्मकैद

मोरङ-  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो। यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।