३३ किलो सुन प्रकरणः गोरेलाई थपियो १० वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके मानिएका चूडामणि उप्रेती गोरेलाई थप १० वर्ष कैद सजाय तोकिएको छ ।

सम्बन्धित सामग्री

गोलघरभित्र के गर्दैछन् गोरे ?

२८ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी चुडामणि उप्रेती ‘गोरे’ केन्द्रीय कारागारको गोलघरभित्र छन् । कारागारको मध्यभागमा रहेको गोलघरभित्र १० वटा कोठा छन् । त्यहीमध्ये एउटामा बस्दै आएका गोरे दिउँसो प्रायः बाहिर निस्किन्छन् । गोलघरभित्र रहेको आन्तरिक प्रशासनको अनुमतिमा बाहिर निस्किएर उनले कर्तव्य ज्यान मुद्दाका आरोपी […]

भन्सारका रेडियो अपरेटर गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

३३ किलो सुन तस्करीमा समेत मुछिएका श्रेष्ठलाई एक वर्ष तीन महिना कैद सजाय त्रिभुवन अन्तर्राष्ट्रिय

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष कैद र एक लाख जरीवाना

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना तोकेको छ । गोरेलाई सनम शाक्यको अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै अदालतले थप सजाय तोकेको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलाशले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकजनालाई तीन वर्ष र एकजनालाई ६ महीना कैद सजाय तोकेर सम्पर्कमा रहेका बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यसबेला गोरेलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलाशले गोरेलाई शाक्यको अपहरण र शरीर बन्धक बनाएकोमा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन । राणाले भने सोमवार न्यायाधीश लम्सालकै इजलाशले अपहरण र शरीर बन्धकमा सजाय निर्धारण गर्दै गोरेलाई थप १० वर्ष कैद, १ लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला गरेको जानकारी दिए । घटनाका मुख्य गोरेउप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलाशले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय तोक्दै बाँकी ५६ जनालाई सफाइ दिँएको थियो । साथै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तवीमा राखेको थियो ।

चूडामणि उप्रेती (गोरे) लाई जन्मकैद माथि थप १० वर्ष कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले ...