सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती रिहा

मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीको सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती छुटेका छन्। बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। उप्रेती मंगलबार युएईबाट नेपाल आउने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]

सम्बन्धित सामग्री

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त उप्रेती २ लाख धरौटीमा रिहा

पुस २३, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाई ३६ वर्षिय रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीवार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मंगलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधवार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए । २२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हुन् । अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।  भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारओटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।  मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे

विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]

साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या प्रकरण : दुई लाख धरौटीमा छुटे रमेश

विराटनगर : साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्।जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ। युएई बस्दै आएका रमेश मंगलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।प्रहरीले बुधबार अदालतमा उपस्थित गराएका उप्रेतीलाई बिहीबार थुनछेक बहसपछि लम्सालको इजलासले द