काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजारमा उछाल जारी रह्यो । नयाँ सरकारको टुंगो लागेसँगै सोमबारेदेखि लगानीकर्ता उत्साहित बनेका हुन् । नेप्सेमा ६० अंक बराबरको उछाल आएर २ हजार नजिक पुग्दा कारोबार समेत बढेर ४ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंक बराबरले बढेर १९ सय ८३ पुगेको हो । […]