शर्लिनले राज र शिल्पाविरुद्ध दर्ता गरिन् उजुरी, यस्तो छ आरोप

बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रा केही दिनअघि जेलबाट बाहिर आएका छन् । राज कुन्द्रामाथि अश्लील चलचित्र बनाएको आरोप लागेको थियो, जसकारण उनी केही महिनासम्म जेल बस्नु परेको थियो ।  राज पक्राउ परेपछि शर्लिन चोपडाले लगातार उनको विरोध गर्दै आएकी छन् । हालै शर्लिनले राज कुन्द्रा र शिल्पाविरुद्ध उजुरी दर्ता गरेकी छन् ।  शर्लिनले राज र शिल्पाविरुद्ध मानसिक उत्पीडन र ठगीको आरोप लगाएकी छन् । ‘मैले राज कुन्द्रविरुद्ध यौन उत्पीडन, ठगी र धम्की दिएको उजुरी दर्ता गरेकी छु,’ उनले भनिन्, ‘राजले अण्डर...

सम्बन्धित सामग्री

एन्फाका महासचिव राईमाथि भ्रष्टाचारको आरोप, अख्तियारमा पुग्यो उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ । महासचिव राईले पटक-पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ। उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि […]

बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

खेलाडीमाथि बलात्कारको आरोप : रोनाल्डोदेखि नेयमारसम्म

यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् । विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन् । रोनाल्डोपोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो

कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी

मुम्बई – भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो । कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता […]

सिटीका मेन्डीमाथि बलात्कारको आरोप, निलम्बित

म्यानचेस्टर सिटीका फुटबलर बेन्जामिन मेन्डीमाथि बलात्कार र यौनहिंसाको आरोप लागेको छ । चेसायार कन्सटेबुलरीका अनुसार २७ वर्षीय खेलाडीमाथि बलात्कारका चार उजुरी र एक यौनहिंसाको उजुरी परेको छ ।१६ वर्ष उमेरमाथिकाले उनीमाथि उजुरी गरेको र ती घटना अक्टोबर २०२० देखि अगस्त २०२१ सम्म घटेको बताइएको छ । मेन्डीलाई प्रहरी हिरासतमा लिइएको छ र शुक्रबार अदालतमा पेस गरिनेछ ।मेन्डीमाथि आरोप लागेपछि म्यानचेस्टर सिटीले उनलाई छानबिन अवधिभर निलम्बन गरेको छ । यो कानुनी प्रक्रिया भएका कारण थप प्रतिक्रिया नदिने क्लबले

पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

काठमाडौं : पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पूर्व मन्त्री साह विरुद्ध उजुरी परेको हो। आइतबार एक महिला साहको बुद्धनगरस्थित घरमा पुगेर हल्लाखल्ला गरेपछि घटना बाहिरिएको थियो। ती महिलाले केही वर्षअघि आफूलाई विदेश लैजाने भन्दै साह ३० लाख रुपैयाँ लिएको तर विदेश नपठाएको आरोप लगाइन्।…

पल साहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका […]