साढे २ अर्ब हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रूपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  मन्त्री खतिवडाले जिम्मेवारी वहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करीब दुई अर्ब ५० करोड रूपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको संघले आरोप लगाएको छ ।  मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्...