म्यानचेस्टर सिटीका फुटबलर बेन्जामिन मेन्डीमाथि बलात्कार र यौनहिंसाको आरोप लागेको छ । चेसायार कन्सटेबुलरीका अनुसार २७ वर्षीय खेलाडीमाथि बलात्कारका चार उजुरी र एक यौनहिंसाको उजुरी परेको छ ।१६ वर्ष उमेरमाथिकाले उनीमाथि उजुरी गरेको र ती घटना अक्टोबर २०२० देखि अगस्त २०२१ सम्म घटेको बताइएको छ । मेन्डीलाई प्रहरी हिरासतमा लिइएको छ र शुक्रबार अदालतमा पेस गरिनेछ ।मेन्डीमाथि आरोप लागेपछि म्यानचेस्टर सिटीले उनलाई छानबिन अवधिभर निलम्बन गरेको छ । यो कानुनी प्रक्रिया भएका कारण थप प्रतिक्रिया नदिने क्लबले