यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् । विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन् । रोनाल्डोपोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो