ऋणको २६ प्रतिशत रकम आफैंले राखेर त्यसको पनि ब्याज असुल्छन् लघुवित्त

लघुवित्त वित्त वित्तीय संस्थाले ऋण प्रवाह गर्दा कुल स्वीकृत कर्जाको ७३ प्रतिशत मात्र ऋणीको हातमा नगद पर्ने गरेको एक सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । लघुवित्तले ऋण स्वीकृत गरिसकेपछि सेवा शुल्क, बिमा शुल्क, कर्जा सूचना शुल्क, बचत खातामा जम्मा गर्नुपर्ने, पुरानो कर्जा चुक्तालगायत विभिन्न शीर्षकमा २६ प्रतिशत रकम आफैं राख्ने र बाँकी ७३ प्रतिशत मात्र ऋणीलाई दिने गरेको प्रतिवेदनले देखाएको हो ।

सम्बन्धित सामग्री

दोस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफा ९९.२६ प्रतिशत घट्यो, यस्तो छ कारण

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ दशमलव २६ प्रतिशत घटेको छ ।  गत आवमा कम्पनीले रू. १४ करोड ९२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ११ लाख ६ हजारमा सीमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २७ दशमलव ०८ प्रतिशत र सञ्चालन नाफा ८९ दशमलव ६२ प्रतिशत घटेको छ ।  चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ८० करोड ३ लाख र रिटेन्ड अर्निङमा रू.२६ करोड ३५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १५ रुपैयाँ १५ पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

एक वर्षमा स्वाभिमान लघुवित्तको नाफा २ करोड १६ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने ४६ प्रतिशत कमी आएको हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ३ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत घटेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ६१ लाख छ । कम्पनीले जगेडामा रू. ६ करोड ५८ लाख सञ्चिति गरेको छ । त्यस्तै कम्पनीले रू. १ अर्ब ४२ करोड सापटी लिएर, रू. ६७ करोड १३ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशलमव ७९, मूल्य आम्दानी अनुपात ७७ दशमलव ७७ गुणा, तरलता अनुपात ३३ दशलमव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ८७ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

निष्क्रिय कर्जा बढेसँगै स्वस्तिक लघुवित्तको नाफा प्रभावित, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा ४९ दशमलव ९३ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ६९ लाख ८० हजार नाफा कमाएकोमा गत आवमा घटेर रू. ३४ लाख ९५ हजारमा झरेको हो । गत आवमा कम्पनी निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २६ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ४९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा रू. ७९ लाख ४५ हजार ऋणात्मक रहेको छ । यस कारण पनि खुद नाफा घटेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३० प्रतिशत घटेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ करोड ३५ लाख सञ्चिति गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि छ । कम्पनीले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

गणपति लघुवित्तको नाफा ६७.८४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।  आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।  त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

यस कारण घट्यो ग्रामिण विकास लघुवित्तको नाफा

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २८ करोड ३४ लाख नाफा कमाएकोमा चालू आवमा भने रू. ५ करोड ९० लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ७८ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव २३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ९४ प्रतिशत पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड २५ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १ अर्ब ३३ करोड सञ्चिती गरेको छ । कम्पनीले रू. ५ अर्ब ७० करोड सापटि लिएर,रू. ३ अर्ब ७५ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ०१(वार्षिक) , मूल्य आम्दानी अनुपात ६० दशमलव १६ गुणा तरलता अनुपात ३ दशमलव ९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३५ दशमलव ८७ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

धौलागिरी लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु, कस्तो छ त वित्तीय अवस्था ?

फागुन ६, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया शुरु भएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड ३१ लाख पुग्नेछ । कम्पनीको प्रधान कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-२ श्रीनगर टोलमा रहेको छ । हालसम्ममा कम्पनीले २० ओटा जिल्लामा ४६ ओटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३६ लाख २६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड १५ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ८८ लाख धनात्मक भएको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६१ करोड ८० लाख सापटी लिएर रू. ६२ करोड १४ लाख सापटी लिएर रू. १ अर्ब ४४ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीले रू.१ करोड ५३ लाख खराब कर्जा संकलन गर्न सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ६ दशमलव २६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ दशमलव ७५ मा झरेको छ । त्यसैगरी, कम्पनीको पूँजी कोष पर्याप्पता ८ दशमलव ६१ प्रतिशत, पूँजी कोष लागत ६ दशमलव ९३ प्रतिशत र प्रतिशेयर आम्दानी रू. ६१ दशलमव ४५ (वार्षिकीकरण) रहेको छ ।                                                   सोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्तको नाफा ५२ % घट्यो

वैशाख २६, काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले कमि आएको छ ।  गत आवमा रू. ३० करोड २७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू. १४ करोड २९ लाखमा सीमित भएको हो ।चालू आवको तेस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउदा नाफा घट्न पुगेको हो ।  कम्पनीले गत आवको तेस्रो सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ८ करोड ७१ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८१ करोड छुट्याएको हो ।  सोही कारण कम्पनीको सञ्चालन नाफामा रू. १ करोड ७४ लाखमा सीमित भएको हो ।   गत आवको तेस्रो त्रैमासको तु्लनामा कम्पनीको खुद ब्याज आम्दानीमा भने २६ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. ९४ करोड ३० लाख रहेको कम्पनीले जगेडामा रू. १ अर्ब २९ करोड ३१ लाख सञ्चित गरेको छ ।  त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २४ करोड ४३ लाख खराब कर्जा उठाएको छ । सो अवधिमा कम्पनीको निष्क्रिय कर्जामा  वृद्धि भएको छ ।  गत आवमा निष्क्रिय कर्जा १ दशमलव ७० प्रतिशत रहेकोमा चालू आवमा बढेर १५ दशमलव ३८ प्रतिशत पुगेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव २१, मूल्य आम्दानी अनुपात ९४ दशमलव ३१,तरलता अनुपात ४ दशमलव २६ प्रतिशत र प्रतिशेयर नटेवर्थ रू. २३७ दशमलव १३ रहेको छ ।