गणपति लघुवित्तको नाफा ६७.८४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।  आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।  त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

घट्यो प्राधिकरणको नाफा

चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । पुस मसान्तमा प्राधिकरणको करअघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख थियो, तर चैत मसान्तसम्म आउँदा  घटेर...

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको

घट्यो एभरेष्ट बैङ्कको नाफा

काठमाडौँ । एभरेष्ट बैङ्कको नाफामा गिरावट आएको छ । ६ महिनाको अवधिमा बैङ्कको नाफा १२ दशमलव ७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो । यसैगरी बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ […]

कामना सेवाको नाफा एक अर्ब

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन नाफा को तुलनामा २१ प्रतिशतको वृद्धि गरेको छ ।बैंकले सो अवधीमा करिब एक अर्ब रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ […]

युनिलिभरको नाफा ११०.३२ प्रतिशतले वृद्धि

युनिलिभर नेपालको नाफा ११०.३२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११०.३२ प्रतिशतले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १२ करोड १ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १ अर्ब […]

टेलिकमको नाफा ७४ करोडले बढ्यो

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ

सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने

एजेन्सी। दक्षिण कोरियाको प्रविधि कम्पनी सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने अनुमान लगाइएको छ। अप्रिलदेखि जुनसम्ममा कम्पनीले ११ बिलियन अमेरिकी डलर नाफा गर्ने अनुमान लगाइएको हो। विश्वव्यापी रुपमा मेमोरीकार्डको अभाव भइरहँदा सामसङले भने यसको उत्पादन र आपूर्ति बढाएको छ। यसैको मदतमा कम्पनीले नाफा बढाउने बीबीसीले बताएको छ। कम्पनीले महामारीको समयमा पनि आफ्नो नाफा बढाउने भएको हो।

सहकारी बैंकको नाफा बढ्दै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]