काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ दशमलव २६ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. १४ करोड ९२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ११ लाख ६ हजारमा सीमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २७ दशमलव ०८ प्रतिशत र सञ्चालन नाफा ८९ दशमलव ६२ प्रतिशत घटेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ८० करोड ३ लाख र रिटेन्ड अर्निङमा रू.२६ करोड ३५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १५ रुपैयाँ १५ पैसा छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्