काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २८ करोड ३४ लाख नाफा कमाएकोमा चालू आवमा भने रू. ५ करोड ९० लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ७८ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव २३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ९४ प्रतिशत पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड २५ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १ अर्ब ३३ करोड सञ्चिती गरेको छ । कम्पनीले रू. ५ अर्ब ७० करोड सापटि लिएर,रू. ३ अर्ब ७५ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ०१(वार्षिक) , मूल्य आम्दानी अनुपात ६० दशमलव १६ गुणा तरलता अनुपात ३ दशमलव ९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३५ दशमलव ८७ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस