वैशाख २६, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले कमि आएको छ ।
गत आवमा रू. ३० करोड २७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू. १४ करोड २९ लाखमा सीमित भएको हो ।चालू आवको तेस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउदा नाफा घट्न पुगेको हो ।
कम्पनीले गत आवको तेस्रो सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ८ करोड ७१ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८१ करोड छुट्याएको हो । सोही कारण कम्पनीको सञ्चालन नाफामा रू. १ करोड ७४ लाखमा सीमित भएको हो ।
गत आवको तेस्रो त्रैमासको तु्लनामा कम्पनीको खुद ब्याज आम्दानीमा भने २६ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. ९४ करोड ३० लाख रहेको कम्पनीले जगेडामा रू. १ अर्ब २९ करोड ३१ लाख सञ्चित गरेको छ ।
त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २४ करोड ४३ लाख खराब कर्जा उठाएको छ । सो अवधिमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएको छ ।
गत आवमा निष्क्रिय कर्जा १ दशमलव ७० प्रतिशत रहेकोमा चालू आवमा बढेर १५ दशमलव ३८ प्रतिशत पुगेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव २१, मूल्य आम्दानी अनुपात ९४ दशमलव ३१,तरलता अनुपात ४ दशमलव २६ प्रतिशत र प्रतिशेयर नटेवर्थ रू. २३७ दशमलव १३ रहेको छ ।