मागभन्दा धेरै हुन्छ नेपाली केराकाे उत्पादन : बजार भने भारतीय केराकाे कब्जामा

भारतीय केरा आयातले स्वदेशी केराको बजार कब्जा गरेको र नेपालमा उत्पादन भएको केरा पनि भारतीय केरा भन्दै बेच्नुपर्ने बाध्यता भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ ।

सम्बन्धित सामग्री

‘भारतीय तरकारीले बजार खायो, हामीले उचित मूल्य पाएनौं’

वालिङ- भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण किसानको तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ । गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुुख्य पेसा बनाएको […]

भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो छ : महेश बर्तौला

२५ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । ‘हामीले बाख्रा उत्पादन गर्‍यौं । खसी बोका उत्पादन गर्‍यौं तर यसको बजार भएन । यसले मूल्य पाएन । बजार भारतको खसी बोकाले कब्जा गर्‍यो’ किसानको भनाइ उद्धउत गर्दै सांसद बर्तौलाले […]

नेपालमा भारतदेखि अफ्रिकासम्मबाट फलफूल आयात, ९० प्रतिशत भारतीय उत्पादन

काठमाडौं । नेपालमा फलफूल तथा तरकारीको बजार भारतीय बजारमा निर्भर हुने गर्दछ । भारतिय बजारभाउ बढ्दा नेपाली बाजार महंगिन्छ भने भारतीय बजार घट्दा नेपाली बजार पनि घट्ने गर्दछ । नेपालको फलफूल बजार ९० प्रतिशत बढी भारतसँग निर्भर छ । जाडो मौसम सकिएको र गमी सुरुवात हुँदा नेपानी फलफूल बजारमा अंगुर, खरबुजा, मेवा, नरिवल लगायतका फलफूलको […]

स्वदेशी उत्पादनले उकासिएको भारतीय बजार

नौनीको स्वाद आउने त्यो खाद्य पदार्थ र त्यस कम्पनीको उत्पादन भारत मात्र होइन, नेपाली बजारमा पनि त्यत्तिकै प्रभाव जमाउन सफल भएको छ। त्यही उत्पादन सहकारी आन्दोलनको पर्याय मानिन्छ। दुग्ध उत्पादन अमूल लगायत भारतमा केही त्यसता ब्रान्ड छन्, जसले एकाध वर्ष होइन, दशकसम्म पनि भारतीय बजारमा उत्तिकै प्रभाव जमाउन सफल भएको छ। अहिले पनि लाखौँ भारतीयको […]

चौधरी ग्रूपको पहिलो उद्योग बन्द, भारतीय अवैध आयातले बजार गुमाउँदै नेपाली उद्योग

चैत १७, विराटनगर । व्यावसायिक घराना चौधरी ग्रूपको पहिलो उद्योग पशुपति बिस्कुट १५ दिनका लागि बन्द गरिएको छ । स्टक बढी भएको र बजारमा माग कम भएको भन्दै उद्योगले सूचना प्रकाशित गरी उत्पादन बन्द गरेको जानकारी दिएको छ ।  पछिल्लो समय खुला सिमानाबाट अवैध रुपमा भारतीय बिस्कुट भित्रिँदा घरेलु बजारमा स्वदेशी बिस्कुटको माग घटेको छ ।  अल्पकालीन रूपमा उत्पादन बन्द गरिए पनि स्टकमा रहेको बिस्कुट विक्री गर्ने तथा प्रशासन र अन्य शाखा सञ्चालनमा रहने उद्योगका प्रशासन प्रमुख भरत सिलवालले बताए । विद्युत् आपूर्तिमा देखिएको समस्या र कच्चा पदार्थ घिउलगायतमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै जानु र बजारमा भारतीय बिस्कुटको अवैध आयात निर्बाध हुनुले नेपाली बिस्कुटको बजार खुम्चँदै गएकाले केही दिनलाई उत्पादन रोक्नुपरेको सिलवालले बताए । उनले ६० हजार कार्टुन स्टक रहेकाले केही दिनलाई उत्पादन बन्द गरेको जानकारी दिए ।  सूचना नै प्रकाशित गरेर उद्योग बन्द गरिएको यो पहिलोपटक हो । ४८ वर्षअघि २०३० सालमा चौधरी ग्रूपका संस्थापक लुनकरणदास चौधरीले यो उद्योग स्थापना गरेका थिए । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उद्योग स्थापनाको स्वर्णिम समयमा खुलेको पशुपति बिस्कुटको नेपाली बजारमा झन्डै ८० प्रतिशत वर्चस्व थियो । पशुपति बिस्कुट उद्योग वसन्त चौधरीको भागमा परेको छ । यो उद्योग उनैले सञ्चालन गर्दै आएका छन् । उद्योग अल्पकालीन बन्द भनिए पनि बजार खुम्चँदै र कच्चा पदार्थ महँगिँदै गएकाले लामो समय बन्द हुन सक्ने स्रोतले बताएको छ । स्रोत भन्छ, ‘पशुपति मात्रै होइन, बैंकले तनाव नदिने हो भने अहिलेको परिवेशमा ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा छन् ।’ सिलवालले श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागू हुने गरी १५ दिनका लागि उद्योगको उत्पादन रोकिने सूचना गरेका छन् । ‘उक्त अवधिबीच उद्योग पूर्ण वा आंशिक रूपमा सञ्चालन गर्नुपर्ने भएमा त्यसको अग्रिम सूचना दिइनेछ । प्रशासन, सुरक्षा, लेखा र विक्री विभागसम्बन्धी कार्य आवश्यकताअनुसार सञ्चालनमा रहनेछ,’ सूचनामा भनिएको छ ।  सिलवालले श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार नै उत्पादन स्थगित गरिएको बताए । उनले बन्दाबन्दीको अवधि र त्यसभन्दा पहिले उद्योग २४ घण्टा सञ्चालन भइरहेको स्मरण गरे । बन्दाबन्दी खुलेपछि भारतबाट चोरी पैठारी भई आएका बिस्कुटसित प्रतिस्पर्धा गर्न गाह्रो भएकाले उद्योग सञ्चालन ८ घण्टामा झार्नुपरेको उनले सुनाए । उनका अनुसार उद्योग ८ घण्टा सञ्चालनमा ल्याइए पनि लामो समयदेखि अर्डर आएको छैन । ‘उत्पादित वस्तुले उद्योगका सबै गोदाम भरिएका छन् । करोडौंको बिस्कुट गोदाममा थन्क्याउनुपरेको छ । बजारमा रहेको पैसा नउठ्ने समस्या पनि विकराल छ । कसैसित १० लाख लिनु छ भने दशौंपटक फोन गरेपछि बल्लबल्ल २५ हजार पठाइदिन्छ । यस्ता अवस्थामा कसरी चलाउन सकिन्छ उद्योग ?’ सिलवालले भने । उत्पादन बन्द गरिएको १५ दिनमा सारा शक्ति लगाएर उधारो उठाउने र गोदाममा थन्किएको माल विक्री गर्ने योजना रहेको उनले बताए । ‘गोदामको माल नघटी उद्योग खोल्ने अवस्था हुँदैन,’ उनले भने । उद्योगको नेपाल ट्रेड युनियन कांग्रेस उद्योग एकाइका सभापति हीरा यादवले ८ घण्टा चलेको र बन्दको सूचना जारी भएको पुष्टि गरे । उद्योगले सबैको भुक्तानी गरेर नियमअनुसार नै बन्द गरेको हो,’ उनले भने, ‘हामी कसैले पारिश्रमिक लिन बाँकी छैन । हामी छिट्टै उत्पादन शुरू होला भन्ने आशामा छौं ।’

आफ्नै ब्रान्डिङ र लेबलिङमा विश्व बजार पुग्दै नेपाली अलैंची

नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने अलैंचीलाई ‘मसलाकी रानी, कालो सुन’ उपनाम दिइन्छ । नेपाली अलैंची भारत हुँदै पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुक पुग्ने गरेको छ । अलैंची कृषिजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुनेमा पर्छ । अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब रुपैयाँ नेपाल भित्र्ने गरेको छ ।तर, भारतीय बजार निर्भर निर्यातले अलैंची क्षेत्रमा पटक–पटक […]

चितवन जिल्ला माछामा आत्मनिर्भर : उत्पादन नेपालको, बजार भारतको

मंसिर ४, चितवन । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ ।   शनिवार आयोजित कार्यक्रममा नेपाल मत्स्य व्यवसायी संघ चितवनले चितवन जिल्लामा माछामा आत्मनिर्भर घोषणा गरेको हो ।विगत १० वर्षदेखि आत्मनिर्भर अभियानमा लागेको र हाल आएर माछाको उत्पादन बढी भई जिल्ला बाहिरपनि पठाइएकोले आत्मनिर्भर बन्न सफल भएको उक्त कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र सुबेदीले पछिल्लो समय निरन्तर माछाको उत्पादनमा वृद्धि भई काठमाडौं पोखरा लगायतका जिल्लाहरुमा माछा विक्री हुँदै आएकोले चितवन माछामा आत्मनिर्भर भएको घोषणा गरिएको बताए ।  उनका अनुसार हाल चितवनमा वार्षिक  २ हजार ६००  मेट्रिक टन माछा  खपत र ४ हजार  मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । ‘२ हजार ६०० मेट्रिक टनले चितवन जिल्लालाई पुग्छ, बाँकी उत्पादन अन्य जिल्ला पठाउँछौं’, सुबेदीले भने ।  जिल्लामा  माछा उत्पादनमा वृद्धि भई आत्मनिर्भर भएपनि भारतीय माछाले वार्षिक  १ हजार मेट्रिक टनको हाराहारीमा बजार लिएको उनले बताए । ‘हाम्रो उत्पादन राम्रो छ तर बजार चाहीं भारतको भयो’, उनले भने । फर्मालिन रसायनको प्रयोग गरी भारतीय माछा नेपाल भित्रिएको र स्थानीय उत्पादनले बजार ओगट्न नसकेको उनको भनाइ थियो । गत आर्थिक वर्षमा ४ हजार ३८ मेट्रिक टन माछा उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको अन्तसम्मा ६ हजार ६०० मेट्रिक टन माछा उत्पादन हुने अनुमान गरिएको पनि उनले बताए ।  भारतबाट आउने माछाको गुणस्तर जाँच नहुने, नेपालको माछाभन्दा सस्तो र अनुकल वजन र साइजको भित्रिएकोले पनि भारतीय माछाले बजार ओगट्दै आएको हो । ‘हाम्रो लागत मूल्य नै बढी छ, र भारतीय माछासंँग प्रतिस्पर्धापनि गर्न सकेनौं’, नेपाल मत्यस्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्वले  भने, ‘अहिले उत्पादन वृद्धि भएर के गर्नु माछा स्टक छ ।’  चितवनमा मात्रै हाल १ हजार ५०० मेट्रिक टन माछा उत्पादन बढी भएर भण्डारण गरिएको पनि उनले बताए । मूल्य केही बढी भएपनि नेपाली माछा एशियामानै गुणस्तरीय र स्वादिलो भएपनि विक्री हुन नसकेको महतोको भनाइ छ ।  ‘भारतमा विजुलीमा, लगानीमा, कच्च पदार्थमा सहुलियत छ तर नेपालमा हामी किसानलाई उद्योगी सरह  महसुल र कर लिने गरिएको छ’, उनले भने । नेपाली माछाको प्रवर्द्धन र जनचेतना राज्य पक्षले समेत नगर्दा आफूहरु मर्कामा परेको महतोले बताए । ‘माछा विक्रीको सबभन्दा ठूलो बजार काठमाडौंको कालीमाटी हो , हामीले हाम्रो उत्पादन त्यहीं बेच्न सकेका छैनौं’, महत्तोले भने ।  हाल चितवनमा ७०० हेक्टरमा माछापालन गर्ने गरिएको छ भने यहाँ ५१३ हेक्टर जलाशय रहेको छ । जिल्लामा कार्प प्रजातिका सात प्रकारका माछा, पंगासियस, विग्रेड,रहु, ग्रास जातका माछापालन गर्ने गरिएको छ ।

नेपाली केराले पाएन बजार, भारतीय केराको आयात रोक्न किसानको माग

विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का किसान मोतीलाल कोइरी यस वर्ष निकै चिन्तित बनेका छन् । १० बिगाहा क्षेत्रफलमा उनले गरेको केरा खेतीले बजार नपाएपछि बोटमै पाकेर झर्न थालेकाले उनी चिन्तित बनेका हुन् ।निकै परिश्रम र लगानी गरेर उत्पादन गरेको केराले नेपाली बजारमा भाउ नपाएपछि कुहिने डरले उनी सस्तोमै बेच्न बाध्य भएको बताउँछन् । उनले भने, ‘केरा बोटमा तयार छ केही बोटका केरा पाकेर झर्न थालेका छन्, व्यापारीहरू नेपाली केरा महँगो भन्दै भारतीय बजार धाइरहेका छन् ।&rs

नेपाली चियाको छैन आफ्नै जात

इलाम : नेपालमा औपचारिक रूपमा चिया खेती शुरू भएको १५८ वर्ष बितेपनि आफ्नै जातको चिया विकास हुन सकेको छैन।अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको छ।नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो। चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ।राणाकालमै नेपालमा चिया खेती शुरू भएपनि अहिलेसम्म आफ्नै क्लोन नहुँदा अन्तराष्ट्रिय बजार

नेपाली किसानका उत्पादन कुहिएर जाने, भारतीय गोलभेडा गाडीका गाडी भित्रिने

भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नभएर लाखौँको...