चौधरी ग्रूपको पहिलो उद्योग बन्द, भारतीय अवैध आयातले बजार गुमाउँदै नेपाली उद्योग

चैत १७, विराटनगर । व्यावसायिक घराना चौधरी ग्रूपको पहिलो उद्योग पशुपति बिस्कुट १५ दिनका लागि बन्द गरिएको छ । स्टक बढी भएको र बजारमा माग कम भएको भन्दै उद्योगले सूचना प्रकाशित गरी उत्पादन बन्द गरेको जानकारी दिएको छ ।  पछिल्लो समय खुला सिमानाबाट अवैध रुपमा भारतीय बिस्कुट भित्रिँदा घरेलु बजारमा स्वदेशी बिस्कुटको माग घटेको छ ।  अल्पकालीन रूपमा उत्पादन बन्द गरिए पनि स्टकमा रहेको बिस्कुट विक्री गर्ने तथा प्रशासन र अन्य शाखा सञ्चालनमा रहने उद्योगका प्रशासन प्रमुख भरत सिलवालले बताए । विद्युत् आपूर्तिमा देखिएको समस्या र कच्चा पदार्थ घिउलगायतमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै जानु र बजारमा भारतीय बिस्कुटको अवैध आयात निर्बाध हुनुले नेपाली बिस्कुटको बजार खुम्चँदै गएकाले केही दिनलाई उत्पादन रोक्नुपरेको सिलवालले बताए । उनले ६० हजार कार्टुन स्टक रहेकाले केही दिनलाई उत्पादन बन्द गरेको जानकारी दिए ।  सूचना नै प्रकाशित गरेर उद्योग बन्द गरिएको यो पहिलोपटक हो । ४८ वर्षअघि २०३० सालमा चौधरी ग्रूपका संस्थापक लुनकरणदास चौधरीले यो उद्योग स्थापना गरेका थिए । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उद्योग स्थापनाको स्वर्णिम समयमा खुलेको पशुपति बिस्कुटको नेपाली बजारमा झन्डै ८० प्रतिशत वर्चस्व थियो । पशुपति बिस्कुट उद्योग वसन्त चौधरीको भागमा परेको छ । यो उद्योग उनैले सञ्चालन गर्दै आएका छन् । उद्योग अल्पकालीन बन्द भनिए पनि बजार खुम्चँदै र कच्चा पदार्थ महँगिँदै गएकाले लामो समय बन्द हुन सक्ने स्रोतले बताएको छ । स्रोत भन्छ, ‘पशुपति मात्रै होइन, बैंकले तनाव नदिने हो भने अहिलेको परिवेशमा ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा छन् ।’ सिलवालले श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागू हुने गरी १५ दिनका लागि उद्योगको उत्पादन रोकिने सूचना गरेका छन् । ‘उक्त अवधिबीच उद्योग पूर्ण वा आंशिक रूपमा सञ्चालन गर्नुपर्ने भएमा त्यसको अग्रिम सूचना दिइनेछ । प्रशासन, सुरक्षा, लेखा र विक्री विभागसम्बन्धी कार्य आवश्यकताअनुसार सञ्चालनमा रहनेछ,’ सूचनामा भनिएको छ ।  सिलवालले श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार नै उत्पादन स्थगित गरिएको बताए । उनले बन्दाबन्दीको अवधि र त्यसभन्दा पहिले उद्योग २४ घण्टा सञ्चालन भइरहेको स्मरण गरे । बन्दाबन्दी खुलेपछि भारतबाट चोरी पैठारी भई आएका बिस्कुटसित प्रतिस्पर्धा गर्न गाह्रो भएकाले उद्योग सञ्चालन ८ घण्टामा झार्नुपरेको उनले सुनाए । उनका अनुसार उद्योग ८ घण्टा सञ्चालनमा ल्याइए पनि लामो समयदेखि अर्डर आएको छैन । ‘उत्पादित वस्तुले उद्योगका सबै गोदाम भरिएका छन् । करोडौंको बिस्कुट गोदाममा थन्क्याउनुपरेको छ । बजारमा रहेको पैसा नउठ्ने समस्या पनि विकराल छ । कसैसित १० लाख लिनु छ भने दशौंपटक फोन गरेपछि बल्लबल्ल २५ हजार पठाइदिन्छ । यस्ता अवस्थामा कसरी चलाउन सकिन्छ उद्योग ?’ सिलवालले भने । उत्पादन बन्द गरिएको १५ दिनमा सारा शक्ति लगाएर उधारो उठाउने र गोदाममा थन्किएको माल विक्री गर्ने योजना रहेको उनले बताए । ‘गोदामको माल नघटी उद्योग खोल्ने अवस्था हुँदैन,’ उनले भने । उद्योगको नेपाल ट्रेड युनियन कांग्रेस उद्योग एकाइका सभापति हीरा यादवले ८ घण्टा चलेको र बन्दको सूचना जारी भएको पुष्टि गरे । उद्योगले सबैको भुक्तानी गरेर नियमअनुसार नै बन्द गरेको हो,’ उनले भने, ‘हामी कसैले पारिश्रमिक लिन बाँकी छैन । हामी छिट्टै उत्पादन शुरू होला भन्ने आशामा छौं ।’ 

सम्बन्धित सामग्री

कैलालीमा धमाधम उद्योग बन्द

धनगढी– पछिल्लो समयमा उद्योगहरू खुल्ने क्रम घटेसँगै आर्थिक मन्दीको कारण देखाई धमाधम उद्योग बन्द हुन थालेका छन् । कैलाली जिल्लामा सञ्चालित साना तथा मझौला उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । साना तथा घरेलु उद्योग कार्यालयका अनुसार विगत तीन वर्षमा ५४७ वटा उद्योग बन्द भएको छ । सो कार्यालयले कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी […]

२९८ घरेलु उद्योग बन्द

एक वर्षको अवधिमा २९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७९/८० मा ती उद्योगहरु बन्द भएका हुन् । वाणिज्यतर्फ ३२३ वटा बन्द भएको साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । बन्द हुनेमा उद्योग भन्दा वाणिज्य फर्म बढी रहेको उनको भनाइ छ […]

मनाङमा ४९ नयाँ उद्योग थपिए

हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।  एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ ।  हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए । सो अवधिमा जिल्लामा ३६ जिल

हुलास स्टिल, उद्योग परिसंघ र उद्योग प्रवद्र्धन केन्द्रबीच सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उद्योग प्रवद्र्धन केन्द्रका उप–सचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपकराज […]

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

उद्योग दर्ता उत्साहजनक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा उद्योग दर्तामा उल्लेख्य प्रगति देखिएको छ । उद्योग दर्ता संख्या तथा प्रस्तावित लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको छ । उद्योग विभागका अनुसार साउनदेखि चैत महिनासम्ममा २ सय ३२ उद्योग दर्ता भएका छन् । यी उद्योगले २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव गरेको विभागले जनाएको छ ।विभागका अनुसार गत आर्थिक वर्षको […]

घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१  घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले  नवीकरण  गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा  २३७ उद्योग  न...

मनाइयो सातौं उद्योग दिवस

सरकारले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिनै उद्योग दिवस सम्पन्न गरेको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । तर, उद्योग मन्त्रालय शेरबहादुर देउवा नेतृत्वको प्राथमिकतामा नपर्दा यस वर्षको उद्योग दिवस मन्त्री बिनै सम्पन्न भएको हो ।आज राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।यसबाहेक,उक्त कार्यक्रममा नेपाल

सरकारले तोकेको ठाउँमै उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल

काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा […]

बजार नपाउँदा हातेकागज उद्योग बन्द

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]