चितवन जिल्ला माछामा आत्मनिर्भर : उत्पादन नेपालको, बजार भारतको

मंसिर ४, चितवन । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ ।   शनिवार आयोजित कार्यक्रममा नेपाल मत्स्य व्यवसायी संघ चितवनले चितवन जिल्लामा माछामा आत्मनिर्भर घोषणा गरेको हो ।विगत १० वर्षदेखि आत्मनिर्भर अभियानमा लागेको र हाल आएर माछाको उत्पादन बढी भई जिल्ला बाहिरपनि पठाइएकोले आत्मनिर्भर बन्न सफल भएको उक्त कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र सुबेदीले पछिल्लो समय निरन्तर माछाको उत्पादनमा वृद्धि भई काठमाडौं पोखरा लगायतका जिल्लाहरुमा माछा विक्री हुँदै आएकोले चितवन माछामा आत्मनिर्भर भएको घोषणा गरिएको बताए ।  उनका अनुसार हाल चितवनमा वार्षिक  २ हजार ६००  मेट्रिक टन माछा  खपत र ४ हजार  मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । ‘२ हजार ६०० मेट्रिक टनले चितवन जिल्लालाई पुग्छ, बाँकी उत्पादन अन्य जिल्ला पठाउँछौं’, सुबेदीले भने ।  जिल्लामा  माछा उत्पादनमा वृद्धि भई आत्मनिर्भर भएपनि भारतीय माछाले वार्षिक  १ हजार मेट्रिक टनको हाराहारीमा बजार लिएको उनले बताए । ‘हाम्रो उत्पादन राम्रो छ तर बजार चाहीं भारतको भयो’, उनले भने । फर्मालिन रसायनको प्रयोग गरी भारतीय माछा नेपाल भित्रिएको र स्थानीय उत्पादनले बजार ओगट्न नसकेको उनको भनाइ थियो । गत आर्थिक वर्षमा ४ हजार ३८ मेट्रिक टन माछा उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको अन्तसम्मा ६ हजार ६०० मेट्रिक टन माछा उत्पादन हुने अनुमान गरिएको पनि उनले बताए ।  भारतबाट आउने माछाको गुणस्तर जाँच नहुने, नेपालको माछाभन्दा सस्तो र अनुकल वजन र साइजको भित्रिएकोले पनि भारतीय माछाले बजार ओगट्दै आएको हो । ‘हाम्रो लागत मूल्य नै बढी छ, र भारतीय माछासंँग प्रतिस्पर्धापनि गर्न सकेनौं’, नेपाल मत्यस्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्वले  भने, ‘अहिले उत्पादन वृद्धि भएर के गर्नु माछा स्टक छ ।’  चितवनमा मात्रै हाल १ हजार ५०० मेट्रिक टन माछा उत्पादन बढी भएर भण्डारण गरिएको पनि उनले बताए । मूल्य केही बढी भएपनि नेपाली माछा एशियामानै गुणस्तरीय र स्वादिलो भएपनि विक्री हुन नसकेको महतोको भनाइ छ ।  ‘भारतमा विजुलीमा, लगानीमा, कच्च पदार्थमा सहुलियत छ तर नेपालमा हामी किसानलाई उद्योगी सरह  महसुल र कर लिने गरिएको छ’, उनले भने । नेपाली माछाको प्रवर्द्धन र जनचेतना राज्य पक्षले समेत नगर्दा आफूहरु मर्कामा परेको महतोले बताए । ‘माछा विक्रीको सबभन्दा ठूलो बजार काठमाडौंको कालीमाटी हो , हामीले हाम्रो उत्पादन त्यहीं बेच्न सकेका छैनौं’, महत्तोले भने ।  हाल चितवनमा ७०० हेक्टरमा माछापालन गर्ने गरिएको छ भने यहाँ ५१३ हेक्टर जलाशय रहेको छ । जिल्लामा कार्प प्रजातिका सात प्रकारका माछा, पंगासियस, विग्रेड,रहु, ग्रास जातका माछापालन गर्ने गरिएको छ ।   

सम्बन्धित सामग्री

च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

चितवन । जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन […]

म्याग्दीमा यो वर्ष मकै उत्पादन बढ्ने अनुमान

म्याग्दी : अघिल्ला वषको तुलनामा यो वर्ष मकै सप्रिएका कारण कालिगण्डकी र म्याग्दी नदीतटीय  क्षेत्रका किसान दंग छन्। समयमै मल र बीउ प्राप्त गर्न नसके पनि उत्पादन बढ्ने भएका कारण उनीहरू उत्साहित भएका हुन्।जिल्लाको लेकदेखि बेंसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैखेती हुन्छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ। यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लामा जान्छ।‘म्याग्दी मकै खेतीम

‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि मुलुकभित्रै उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ । औषधिमा आत्मनिर्भर बन्न स्वदेशमै व्यावसायिक जडीबुटीखेती प्रवर्द्धन गर्नुपर्ने समेत उहाँले बताउनुभयो । ‘कोभिडको समयमा पनि हामीले औषधि अभावको चुनौती बेहोर्‍यौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले औषधि उत्पादनमा लगानी बढाएर आपूर्ति व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय जडीबुटीको उत्पादनमै जोड दिनुपर्छ ।’ साथै निजीक्षेत्रले औषधिमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला राज्यले पनि यसलाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन राज्य र निजीक्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको ब्याज लगायतका क्षेत्रमा समस्या रहेको बताए । अहिलेको समस्याबाट मुक्त हुन सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने उनले बताए । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधिमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो औंल्याए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधिको भूमिका महत्त्वपूर्ण रहेको बताए । सहयोगका लागि सरकार तयार : उपाध्यक्ष पौडेल यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उक्त एक्स्पोको दोस्रो दिन शनिवार आयोजित ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘औषधिको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । साथै हाल नेपालको विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले निर्यातमूलक वस्तुको उत्पादन बढाउनुपर्ने बेला आएको उनले बताए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधिको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानी पनि आवश्यक रहेको बताए । नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधिको उत्पादन बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन गर्न सक्षम भएको बताए । साथै २०३५ सालमा बनेको औषधि ऐन अद्यावधिक गरिनुपर्ने उनले औंल्याए ।

चितवनमा ६ हजार मेट्रिकटन माछा उत्पादन हुने

मत्स्य व्यवसायीहरूले चितवन माछामा आत्मनिर्भर बनेको स्वघोषणा गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार चितवनमा मागभन्दा बढी माछा उत्पादन हुँदै आएको छ । संघका अनुसार आर्थिक वर्ष...

चितवन माछामा आत्मनिर्भर

नेपाल मत्स्य व्यवसायी संघ चितवनले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको घोषणा गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गरी संघले उक्त घोषणा गरेको हो । संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीले जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको बताए । जसमध्ये चितवनमा २६ सय टन मात्रै खपत भई बाँकी अरु जिल्लामा जाने उनले बताए ।

चितवन माछामा आत्मनिर्भर

चितवन । नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ ।

चितवन माछा पालनमा आत्मनिर्भर

मत्स्य व्यवसायीहरुले चितवन माछामा आत्मनिर्भर बनेको स्वघोषणा गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनले पत्रकार सम्मेलन गरेर आत्मनिर्भर बनेको दाबी गरेका हो ।जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले माग भन्दा बढी माछा उत्पादन हुँदै आएकाले माछामा आत्मनिर्भर बनेको घोषणा गरिएको बताए । “१० वर्षको मिहेनतले यो उपलब्धि हासिल गरेका हौं” उनले भने, “राज्यको सहयोग मिले चितवनमा […]

चितवन माछा उत्पादनमा आत्मनिर्भर : ७ सय हेक्टर क्षेत्रफलमा माछा पालन

चितवन - चितवनलाई माछा उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी सङ्घले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको हो ।  जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गरिएको हो । सङ्घका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ । यस वर्ष माछाको उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन पुग्न...

चितवन माछा उत्पादनमा आत्मनिर्भर : मत्स्य व्यवसायी संघ

माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी संघले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको छ । शनिबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले यस्तो जनाएको हो । संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।

खसीमा आत्मनिर्भर बन्यो चितवन

कुखुरा पालन व्यवसायको राजधानी मानिने चितवन जिल्ला पछिल्लो समय खसीबोकामा पनि आत्मनिर्भर बन्दै अन्य जिल्लामा बेचबिखन गर्न सक्ने भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक ४५ हजार ६२५ खसीबोका खपत हुने गरेकामा यसवर्ष दुई लाख पाँच हजार ७६ वटा खसीबोका उत्पादन भएका छन् । जसमध्ये एक लाख ५९ हजार ४५१ खसीबोका काठमाडौंलगायतका बाहिरी…