मंसिर पहिलो सातादेखि ई-पासपोर्ट जारी गर्ने तयारी

काठमाडौं :  लामो समयदेखि चर्चामा रहेको  ई-पासपोर्ट आगामी  मंसिर पहिलो सातादेखि जारी हुने भएको छ। ई-पासपोर्ट छाप्ने तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ।  मन्त्रिपरिषद् बैठकले २०७५ साउनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई स्तरोन्नति गर्दै ई-पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। यसको एक महिनाअघि असारमा ई-पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो।त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले प्रतिनिध