मलेसियास्थित नेपाली दूतावासले रोक्यो एमआरपी पासपोर्ट नवीकरण

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको छ । केही दिन भित्रै दूतावासबाट ई पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भइरहेको भन्दै दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको जनाएको छ । ई पासपोर्ट जारी गर्नका लागि विशेष प्रणाली जडान गर्नका लागि तयारीमा जुटेकाले दूतावासले एमआरपी पासपोर्ट नवीकरण तथा नयाँ बनाउने कार्य पनि रोकेको छ ।  तर केही दिनभित्रै पासपोर्ट नवीकरणको काम सुरु हुनेछ । नेपालबाट ई पासपोर्ट जारी हुन थालिसकेको र विदेशमा रहेको नेपाली नियोग...