काठमाडौं : सरकारले मंसिर १ देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ। लामो समयदेखि चर्चामा रहेको ई-पासपोर्ट जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ। विभागले मंसिर १ गते विषेश कार्यक्रम आयोजना गरी पासपोर्ट जारी गर्न लागेको विभागका निर्देशक शरदराज आरनले जानकारी दिए। नेपालले हालसम्म 'मेसिन रिडेबल पासपोर्ट' (एमआरपी) जारी गर्दै आएको छ। राहदानीलाई व्यवस्थित,सुरक्षित बनाउन ई-पासपोर्ट जारी गर्न लागेको विभागले जनाएको छ। सुरुवाती दिनमा सीमित प