काठमाडौं : राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई-पासपोर्ट वितरण थालेको थियो। ई-पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिहेको थियो