बुल्गेरियाले सन् २०२४ को अन्त्यसम्म ईयु प्रतिबन्धको छैटौं प्याकेज भित्र रुसी तेल खरिद गर्न अस्थायी छुट प्राप्त गरेको प्रधानमन्त्री किरिल पेटकोभले मङ्गलबार बताएका छन् ।सोमबार राति इयु नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए ।युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए-हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका लागि अस्थायी छुटहरू दिइनेछ।