विदेशी मुद्राको कमीसँग जुधिरहेको श्रीलङ्काले रुसी तेल लिन थाल्यो

श्रीलङ्काले रुसी तेल लिन थालेको देशका उर्जा मन्त्री कन्चन विजेसेकेराले बताए । अहिले श्रीलङ्काले लिएको तेल एक महिनादेखि उसको समुद्र तटमा रहिरहेको थियो ।दुवईस्थित कोरल इनर्जीले ढुवानी गरेको तेलको पैसा श्रीलङ्काले तिर्न नसकेपछि सो तेल बन्दरगाहमै रोकिएको थियो । अहिलेको ९० हजार टन कच्चा तेलको लागि श्रीलङ्काले ७ करोड २६ लाख डलर तिर्नेछ ।९० हजार टनको ढुवानीपछि देशको एक मात्र तेल प्रशोधन केन्द्र पनि सुचारु हुने मन्त्री विजेसेकेराले बताए । देशले तेल किन्न नसकेपछि गत मार्च २५ देखि सो प्रशोधन केन्द्र बन्द