ईयू नेताहरूबिच रुसी तेल आयात रोक्ने सहमति

काठमाडाैँ । युरोपेली सङ्घ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरूबिच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिबन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात् पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ । तर, पोल्यान्ड र जर्मनीले […]

सम्बन्धित सामग्री

ईयू नेताहरुबीच रुसी तेल आयात रोक्ने सहमति

ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरुबीच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिवन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ ।...

ईयूले रुसी तेल आयात बन्द गरेपछि बढ्यो कच्चा तेलको भाउ

जेठ १७, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर १२४ डलरमाथि उक्लिएको छ । यूरोपेली संघ (ईयू) ले रुसबाट आयात हुने तेलमाथि आंशिक रुपमा प्रतिबन्ध लगाउन सहमति गरेपछि तेलको भाउ बढेको हो । अमेरिका र यूरोपमा गर्मीयाममा सवारी साधनमा इन्धनको रुपमा तेलको माग बढिरहेकै समयमा चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको केही प्रतिबन्ध फुकाउँदा पनि भाउले टेवा पाएको हो ।  लन्डनस्थित आईसीई एक्सचेक्सको मंगलवार म्याद सकिने जुलाई डेलिभरीको ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ९ प्रतिशतले बढेर प्रतिब्यारेल १२३ डलर ९८ सेन्टसम्म पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको भन्दा २ डलर ३२ सेन्ट धेरै हो । बिहानी कारोबारमा ब्रेन्टको भाउ १२४ डलर १० सेन्टसम्म पुगेको थियो ।   यो मार्च ९ यताकै उच्च हो । अगष्ट डेलिभरीको ब्रेन्टको भाउ भने २ डलर ४४ सेन्टले बढेर १२० डलर शून्य ४ सेन्ट कायम भएको थियो ।  सोही दिन अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को शुक्रवार बजार बन्द हुँदा खेरिको बेलाभन्दा ४ डलर २७ सेन्ट अर्थात् ३ दशमलव ७ प्रतिशतले बढेर ११९ दशमलव ३४ सेन्टमा पुगेको थियो । यो पनि मार्च ९ यताकै उच्च हो । अमेरिकामा सार्वजनिक बिदाका कारण सोमवार कारोबार ठप्प थियो । जुलाई डेलिभरीको दुबै बेञ्चमार्क मेमा लगातार छैठौं महिना पनि बढ्ने क्रममा छ ।  ईयूका नेताहरुले रुसबाट आयात हुने तेल  सिद्धान्ततः यो वर्षको अन्त्यसम्ममा ९० प्रतिशत कटौती गर्नेबारे सहमति जुटाएका छन् । यो तीन महीना अघि रुसले युक्रेनमाथि  अतिक्रमण गरेयता ईयूले चालेको अहिलेसम्मकै कठोर प्रतिबन्ध हो । हङ्गेरीलाई भने रुसबाट पाइपलाइनमार्फत आउने तेलमा छूट दिने सहमति भएको छ । चीनले कोभिडका कारण दुई महीनादेखि लगाएको कठोर लकडाउन अन्त्य गर्ने घोषणा गर्नुले पनि तेलको भाउले थप टेवा पाएको हो । एजेन्सी

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

युरोपेली संघ (ईयू)का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयूका नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको हो । हंगेरीको असहमतिका कारण पूर्ण प्रतिबन्ध लगाउने विषयमा लामो छलफल भएको थियो । सहमति अनुसार अब यो वर्षको अन्त्यसम्ममा ईयूले झण्डै ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ । तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको बीबीसीले उल्लेख गरेको छ । युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ...