रुसले युक्रेनमा अतिक्रमण गरेपछि मार्चदेखि भारतमा हुने रुसी तेलको आपूर्तिमा वृद्धि भएको छ । नयाँ दिल्लीले मस्कोबाट अझै सस्तो तेल लिने भएको औद्योगिक अवलोकनकर्ताहरुले बताएका छन् । चीन पहिलेदेखि नै रुसी तेलको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो । उसले पनि रुसबाट व्यापक छुट मूल्यमा धेरै तेल किन्ने अपेक्षा गरिएको उनीहरुले बताएका छन् । यसको अर्थ अन्य मुलुकमा कच्चा तेलको मूल्य उच्च हुन सक्छ । प्रमुख तेल आयातकर्ता मुलुकहरु भारत र चीन कच्चा तेलको उच्च मूल्यबाट प्रभावित भइरहेका छन् । मूल्य गत वर्षदेखि नै व