जिसस मनाङमा काँग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

जिल्ला समन्वय समिति मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीवार मनोनयन दर्ता गरिने भएको हो ।उनीहरुले प्रमुख र उपप्रमुख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र काँग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ । प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।

सम्बन्धित सामग्री

संवैधानिक परिषद् भागबण्डा परिषद्मा विकसित : काँग्रेस नेता केसी

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै केसीले यस्तो टिप्पणी गरेका हुन्। उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेले निरीह र छायाँमा राख्ने काम गरिरहेको बताए।उनले भागबण्डा परिषद्को रूपमा विकसित संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए। नेता केसीले राजनीतिक पार्टी र सत

मोरङको एक पालिकामा काँग्रेस र माओवादीबीच तालमेलको सहमति

मोरङको लेटाङमा काँग्रेस र माओवादीबीच भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा माओवादीले लिने सहमति भएको हो ।

दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच भागबण्डा

दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल हुने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकले बबई र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा  माओवादी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार उठाउने सहमति भएको हो ।त्यस्तै दङगिशरण र शान्तिनगर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादीलाई भागबण्डा गरिएको छ । काँग्रेस र माओवादीसहित अरु दललाई वडामा समेटिने तयारी गरिएको छ। दाङको लमही नगरपालिकामा भने भागभण्डा हुन बाँकी रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

चितवन । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् ।जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीक

जनकपुरमा भागबण्डा : अन्य दल उत्साहित, काँग्रेसमा विद्रोहको सङ्केत

सत्तारुढ ५ दलीय गठबन्धनले महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा गरेपछि दलहरूभित्र मिश्रित प्रतिक्रिया देखिएको छ ।  गठबन्धनबीच उपमहानगर र महानगरको भागबण्डा टुङ्गएपछि अन्य दलले स्वागत गरिरहँदा जनकपुर उपमहानगरपालिका आफ्नो भागमा नपरेको भन्दै काँग्रेस नेताहरु आक्रोशित बनेका हुन् ।नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला अध्यक्ष दीपक यादवले गठबन्धनले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए । उनले गठबन्धनको निर्णयलाई स्वागत गर्दै व्यवहारिकरुपमै कार्यान्वयन गर्ने बताए । त्यस्तै जनता समाजवादी पार

सिन्धुलीका ९ स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागबण्डा

सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ । काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागबण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए।तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख  दिने सहमती भएको दाहालले बताए। दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन्। आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ। यस्तो छ भागबण्डाकमलामाई नगरपालिका : प्रमुख काँग

समाजवादीलाई पाखा लगाउँदै दार्चुलामा काँग्रेस र माओवादीले गरे चुनावी भागबन्डा

दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुङ्ग्याएका छन् ।  ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ

गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई

नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन । पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए । यो सँगै मुलुक

सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा यसरी हुनेछ भागबण्डा

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ । यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन काँग्रेस तयारीमा जुटेको हो ।महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा चयन गरिने बताए । रातोपाटीसँग शर्माले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय

माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वम