सत्तारुढ ५ दलीय गठबन्धनले महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा गरेपछि दलहरूभित्र मिश्रित प्रतिक्रिया देखिएको छ । गठबन्धनबीच उपमहानगर र महानगरको भागबण्डा टुङ्गएपछि अन्य दलले स्वागत गरिरहँदा जनकपुर उपमहानगरपालिका आफ्नो भागमा नपरेको भन्दै काँग्रेस नेताहरु आक्रोशित बनेका हुन् ।नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला अध्यक्ष दीपक यादवले गठबन्धनले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए । उनले गठबन्धनको निर्णयलाई स्वागत गर्दै व्यवहारिकरुपमै कार्यान्वयन गर्ने बताए । त्यस्तै जनता समाजवादी पार