दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच भागबण्डा

दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल हुने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकले बबई र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा  माओवादी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार उठाउने सहमति भएको हो ।त्यस्तै दङगिशरण र शान्तिनगर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादीलाई भागबण्डा गरिएको छ । काँग्रेस र माओवादीसहित अरु दललाई वडामा समेटिने तयारी गरिएको छ। दाङको लमही नगरपालिकामा भने भागभण्डा हुन बाँकी रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए

सम्बन्धित सामग्री

पहिरो र बाढीले दाङको बंगलाचुली गाउँपालिका–८ मा ३२ वटा घर भत्किए

दाङ – पहिरो र बाढीले दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर–८ मा ३२ वटा घर भत्किएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष झविन्द्र गाहाका अनुसार ३२ घर भत्किएको र ढाव टोलका ३० घर, स्याँला टोलका ९० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।  यसैबीच पहिरोले दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुलेको छैन । भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । ठ...

सिकार खेल्न जाँदा साथिले बोकेको बन्दुक पड्किएर एकको मृत्यु

दाङमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । दाङ बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किँदा लमही...

दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित

दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित भएका छन्। जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।

दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित

दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित भएका छन्। जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।

दाङको बंगलाचुली गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस

दाङ : बंगलाचुली गाउँपालिका पाँचदलीय गठबन्धन विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो।माओवादी केन्द्रका तुलसीराम पुन‘सुवास पाँच हजार ७४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनकानिकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले तीन हजार ६७८ मत प्राप्त गरे। उपाध्यक्षमा गठबन्धनबाट पाँच हजार ९४५ मत ल्याएर नेपाली कांग्रेसका भक्तबहादुर जिसी उपप्रमुख विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी एमालेकी  सरस्वताकुमारी घ

बंगलाचुली-१ वडाध्यक्षमा नेपाली कांग्रेसका बिष्णु कुँवर विजयी

दाङ : बंगलाचुली गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बिष्णु कुँवर विजयी भएका छन्। उनले ५ सय ५० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुष्पराज भण्डारीले ४ सय ७९ मत ल्याएर पराजित भए।वडा नं १ मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको थियो। गठबन्धनले गाउँपालिकामा समेत अग्रता लिएको छ। गठबन्धनबाट गाउँपालिका अध्यक्षमा माओवादीका तुलसीराम पुन र नेपाली कांग्रेसका भक्तबहादुर जिसीले उपाध्यक्षमा अग्रता कायम गरिरहेका छन्।

बंगलाचुली गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ – दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।  आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आउनुभएकाे रा १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाउनुभएको हो ।  आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो ।

सडक मर्मत गर्ने क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङमा सडक मर्मत गर्ने क्रममा जेसिबि पल्टिँदा अपरेटरको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नंं. ५ मा सडक मर्मतको क्रममा बिहीबार बिहान साढे ४ बजेतिर पल्टिँदा अपरेटर घोराही–१० नारायणपुर...

दाङमा पहिरोले पाँच परिवार विस्थापित

दाङ– अविरल वर्षापछि आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका टाकुराका ५ परिवार विस्थापित भएका छन । बिहिबार रातिदेखि खसेको पहिरोका कारण बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्तापित भएका हुन् । विस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्तीका परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार […]