नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन । पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए । यो सँगै मुलुक