काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै केसीले यस्तो टिप्पणी गरेका हुन्। उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेले निरीह र छायाँमा राख्ने काम गरिरहेको बताए।उनले भागबण्डा परिषद्को रूपमा विकसित संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए। नेता केसीले राजनीतिक पार्टी र सत