सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका सामी खडिराले राष्ट्रिय टिमबाट नखेलेको तीन वर्ष भयो । अब उनले खेलाडी जीवन बाटै सन्यास लिने भएका छन् । तीन महिनाअघि मात्रै युभेन्टस्बाट हेर्था बर्लिनमा आबद्ध भएका ३४ वर्षीय खडिराका लागि शनिबार हेर्था र हेफिनहोइमबीच हुने बुन्डेसलिगा सिजनको अन्तिम खेल करियरकै अन्तिम प्रतिस्पर्धात्मक खेल हुनेछ । खडिराले हेर्थाका लागि आठ खेल खेलेका छन् । गत शनिबार कोलोग्नेसँग गोलरहित बराबरी खेले सँगै हेर्था रेलिगेसनबाट जोगिइसकेको छ । १४ वर्षे क्लब करियरका