व्यवसायिक पशुपालनले डालेघाँसको माग बढायो

पछिल्लो समय कास्कीमा व्यवसायिक पशुपालन गर्ने क्रम बढ्दै गएको छ । पशुपालन तथा व्यवसायिक कृषिको लागि सरकारले अनुदान समेत दिने भएपछि बजारदेखि गाँउसम्म कृषि तर्फ आकर्षित हुदैं गएका हुन् ।...

सम्बन्धित सामग्री

पाकिस्तानले ११२ प्रतिशतसम्म बढायो ग्यासको मूल्य

काठमाडौं । पाकिस्तानले ग्यास उपभोक्ताहरूलाई ठूलै झट्का दिएको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक समन्वय समिति (ईसीसी)ले उपभोक्ता अनुसार प्राकृतिक ग्यासको भाउ १६ प्रतिशत घटाउनेदेखि ११२ दशमलव ३२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो वृद्धि गएको जनवरी १ देखिको ६ महीनासम्म लागू हुनेछ अर्थात् वृद्धिको असर गुज्रिसकेको अवधिमा समेत देखिनेछ ।  बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार बापतको एउटा किस्ता हासिल गर्न पाकिस्तानले अतिरिक्त राजस्व उठाउन यसो गर्न लागेको हो । यो घोषणाबाट अधिकांश घरेलु उपभोक्ता र अन्य श्रेणीका उपभोक्ताहरू प्रभावित हुनेछन् । यसबाट अतिरिक्त ३ खर्ब १० अर्ब रुपयाँ उठाउने सरकारी योजना छ । सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक सबै उपभोक्ताहरू यसमा समेटिएका छन् । अर्थमन्त्री इशाक दार नेतृत्वको ईसीसी बैंठकले सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक उपभोक्ताको क्रमशः ४, ६ र ७ स्ल्याब पनि ल्याएको छ । आवासीय उपभोक्ताको न्यूनतम स्ल्याबमा प्रतिएमएमबीटीयू ३३ प्रतिशतसम्म घटाइएको छ । यसमा सबैभन्दा कम ग्यास खपत गर्ने उपभोक्ताहरू यसमा पर्दछन् । अन्य दुई श्रेणीको उपभोक्ताहरूको लागि ग्यासको भाउ प्रतिएमएमबीटीयू ८ दशमलव ४९ प्रतिशतदेखि ११२ दशमलव ३३ प्रतिशतसम्मको वृद्धि गरिएको छ ।  हिउँदमा ग्यासको खपत कम गर्न पनि सरकारले निश्चित दर लागू गरेको छ । बिजुली उत्पादन गर्ने उद्योगहरूले चलाउने ग्यासको मूल्य वृद्धिको असरले उत्पादन लागत पनि बढाउनेछ । यो वृद्धि असरले उपभोक्ताहरूको लागि बिजुलीको भाउ झनै महँगो हुनेछ । यसको अर्थ आगामी महीना पाकिस्तानमा महँगी झनै बढ्नेछ ।  सरकारले के–इलेक्ट्रिक, शिन्ध नूरदिआबाद र इन्ग्रो पावरजेनको ग्यासको भाउमा पनि क्रमशः २२ दशमलव ५ प्रतिशत वृद्धि गरेको छ । अन्य कम्पनीको ग्यासको भाउ पनि १०३ दशमलव ७२ प्रतिशतसम्म वृद्धि गरिएको छ । जनवरी १० मै तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्य दुई कम्पनीलाई ७५ प्रतिशत हाराहारीमा भाउ बढाउने अनुमति दिएको थियो । एजेन्सी

व्यवसायिक पशुपालनले डालेघाँसको माग बढायो

पछिल्लो समय कास्कीमा व्यवसायिक पशुपालन गर्ने क्रम बढ्दै गएको छ । पशुपालन तथा व्यवसायिक कृषिको लागि सरकारले अनुदान समेत दिने भएपछि बजारदेखि गाँउसम्म कृषि तर्फ आकर्षित हुदैं गएका हुन् ।