सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन

सल्यान : सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरू गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको हो।कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिह केसीले झण्डै १० लाख लगानीमा ‘रिङग नेक’ जातको कालिज पालन सुरू गरेका छन्। २०७६ फागुनमा महाभारत कालिज फर्म दर्ता गरेर कालिज पालन सुरू गरेको केसीले बताए।जंगलमा पाइने कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ। तर, अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल